शेयर बजारमा २३७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ चैत १६ सोमवार १५:२७
shares

काठमाडौं, १६ चैत । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ४७.८१ अंकले घटेर २,८३१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन १२ अर्ब ९६ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ७.७९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड लिमिटेडका लगानीकर्ताले ७.२३ प्रतिशतका दरले गुमाएका छन् भने सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.८६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि एनआइबिएल ग्रोथ फन्डका लगानीकर्ताले ५.५२ प्रतिशतका दरले गुमाएका छन् भने बहुउद्देश्यीय वित्त कम्पनी लिमिटेडका लगानीकर्ताले ४.९३ प्रतिशतका दरले गुमाएका छन् ।

















