दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि घट्यो
वि.सं.२०८२ चैत १७ मंगलवार १५:१३
shares

काठमाडौं, १७ चैत । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १९.७० अंकले बढेर २,८५१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब ११ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी, भुजुङ हाइड्रोपावर लिमिटेड, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ८.९६ प्रतिशतका दरले गुमाएका छन् ।















