अर्थमन्त्रीको सम्बोधनले शेयर बजारमा उच्च अंकले वृद्धि, २७०० माथि उक्लियो नेप्से
वि.सं.२०८२ चैत २३ सोमवार १५:११
shares

काठमाडौं, २३ चैत । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ८३.३३ अंकले बढेर २,७६० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन १० अर्ब ९२ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा उपकार लघुवित्त बित्तीय संस्था, भुजुङ हाइड्रोपावर, रिडी पावर कम्पनी, राष्ट्रिय जलविद्युत कम्पनी, लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १.६० प्रतिशतका दरले गुमाएका छन् ।



















