उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट
वि.सं.२०८३ वैशाख ३ बिहीवार १५:०७
shares

काठमाडौं, ३ वैशाख । बिहीवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३३.८३ अंकले घटेर २,८३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ३१ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सूर्यकुण्ड हाइड्रो, रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.४७ प्रतिशतका दरले गुमाएका छन् ।


















