Dhulikhel Eco Banner new

उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

897
shares

काठमाडौं, ३ वैशाख । बिहीवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३३.८३ अंकले घटेर २,८३३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ३१ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा सूर्यकुण्ड हाइड्रो, रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी होटल फरेस्ट इन, पाल्पा सिमेन्ट उद्योग, शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त ३ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।