Dhulikhel Eco Banner new

झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

741
shares

काठमाडौं, ४ जेठ । सोमवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार १.०३ अंकले घटेर २७३० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १८ कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ४५ करोडको कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा इङ्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि निफ्रा उराज रिनपात्राका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले गुमाएका छन् ।