शेयर बजारमा १३२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ जेठ ४ सोमवार १५:१७
shares

काठमाडौं, ४ जेठ । सोमवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार १.०३ अंकले घटेर २७३० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १८ कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ४५ करोडको कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा निफ्रा उराज रिनपात्राका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि एसवाई प्यानल नेपाल लिमिटेडका लगानीकर्ताले ३.६० प्रतिशतका दरले गुमाएका छन् भने पाल्पा सिमेन्ट उद्योग लिमिटेडका लगानीकर्ताले ३.३२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि भगवती जलविद्युत विकास कम्पनी लिमिटेडका लगानीकर्ताले ३.०३ प्रतिशतका दरले गुमाएका छन् भने बोटलर्स नेपाल लिमिटेडका लगानीकर्ताले ३.०० प्रतिशतका दरले गुमाएका छन् ।
















