सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो
वि.सं.२०८३ जेठ १३ बुधवार १५:०८
shares

काठमाडौं, १३ जेठ । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.९९ अंकले बढेर २७८२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १०५ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ३० करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि १०.२५प्रतिशत सानिमा डिबेन्चर लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.६४ प्रतिशतका दरले गुमाएका छन् ।















