सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ जेठ १३ बुधवार १५:१४
shares

काठमाडौं, १३ जेठ । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.९९ अंकले बढेर २७८२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १०५ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ३० करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि बुंगल हाइड्रो लिमिटेडका लगानीकर्ताले १३.३७ प्रतिशतका दरले कमाएका छन् भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ८.५२ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि अांखु खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ३.९३ प्रतिशतका दरले कमाएका छन् भने माथिल्लो मेलुन खोला जलविद्युत लिमिटेडका लगानीकर्ताले ३.५१ प्रतिशतका दरले कमाएका छन् ।















