शेयर बजारमा १०५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ जेठ १३ बुधवार १५:२४
shares

काठमाडौं, १३ जेठ । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.९९ अंकले बढेर २७८२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १०५ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ३० करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा १०.२५ प्रतिशत सानिमा डिबेन्चर लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.६४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चरका लगानीकर्ताले ६.२१ प्रतिशतका दरले गुमाएका छन् भने माछापुच्छ्रे बैंक डिभेन्चरका लगानीकर्ताले ५.९१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४.९३ प्रतिशतका दरले गुमाएका छन् भने १०.१५प्रतिशत प्राइम डिबेन्चरका लगानीकर्ताले ४.९१ प्रतिशतका दरले गुमाएका छन् ।















