मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम म्याद
वि.सं.२०७९ साउन १२ बिहीवार ०९:५२
shares

काठमाडौं, १२ साउन । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (साउन १२ गते बिहीवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले साउन ९ गते देखि रू.११ करोड ७६ लाख ७ हजार ३०० बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको हो । यो मध्ये ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा विक्री प्रबन्धकको काम बीओके क्यापिटलसँगै सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।















