Dhulikhel Eco Banner new

गत साता उल्लेख्य बढेको शेयर बजार यो साता कस्तो रहला ?

5.84K
shares

काठमाडौं, १५ साउन । नेप्से परिसूचक अघिल्लो साता उल्लेख्य मात्रामा बढेको थियो । गत साताका ६ दिनमध्ये ५ दिन उच्च अंकले बढेको शेयर बजार हप्ताभरमा १२२ दशमलव ९३ अंकले बढेको थियो । यो अघिल्लो हप्ताको भन्दा ६ प्रतिशत बढी हो ।

अघिल्लो साता २०१७.४६ विन्दुमा कारोबार बन्द भएको नेप्से गत साता भने २१४० दशमलव ३९ विन्दुमा पुगेर रोकिएको थियो । गत हप्ता ६ कारोबार दिनमध्ये ५ कारोबार दिन बजार उकालो लागेसँगै नेप्से तेहोरो अंकको वृद्धि भएको थियो ।

यो साता पनि नेप्से बढेर २४०० विन्दुसम्म पुग्न सक्ने र घटेमा १८०० विन्दुसम्म पुग्न सक्ने आँकलन गरिएको छ । गत साता सबै समूहको शेयर मूल्य बढेको थियो । जसले समग्र बजार सकारात्मक बनेको थियो ।