GBIME

२ हजार विन्दुभन्दा ओरालो लाग्यो शेयर बजार

1K
shares

काठमाडौं, १२ भदौ । शेयर बजार परिसूचक २ हजार विन्दुभन्दा ओरोलो लागेको छ । शेयर बजार कारोबार हुने हप्ताको पहिलो दिनको साढे २ बजेसम्म शेयर बजार २७ अंकभन्दा बढीले घटेर १९९५ दशमवल ४१ विन्दुमा पुगेको छ ।

शेयर बजार लागातर ओरोलो लाग्ने क्रम आइतबार पनि जारी रहेको हो । अघिल्लो हप्ता ४५ अंकले घटेको बजारमा आज पनि ठूलो पहिरो गएको हो । यो समाचार तयार पार्दासम्म क वर्गका कम्पनीहरुको मापक सेन्सेटीभ इन्डेक्स पनि ४ अंक भन्दा बढीले घटेर ३८६ दशमवल ८० विन्दुमा पुगेको छ । कारोबार रकम पनि यो अवस्थामा १ अर्ब ५९ करोडमा सिमित रहेको छ ।