Dhulikhel Eco Banner new

शेयर बजारमा पहिरो, नेप्से परिसूचक २ हजार विन्दु तल

4.84K
shares

काठमाडौं, १२ भदौ । शेयर बजार परिसूचकमा आइतबार ठूलो पहिरो गएको छ । कारोबार हुने हप्ताको पहिलो दिन शेयर बजार परिसूचक ३४ अंकभन्दा बढीले गिरावट आएको हो ।

गत हप्ता ४५ अंकले घटेको बजार यो हप्ताको पहिलो दिन देखिनै राताम्य बनेको हो । आइतबार शेयर बजार ३४ दशमलव ४२ अंकले घटेको हो । शेयर बजारमा आज २२४ कम्पनीका ६१ लख ४८ हजार ३४१ कित्ता शेयर कारोबार बाट २ अर्ब ५९ करोड ७३ लाख ७ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।

क वर्गको मापक सेन्सेटीभ इन्डेक्स पनि आइतबार ६ अंकभन्दा बढीले ओरोलो लागेको छ । सेन्सेटीभ ६ दशमलव ०५ अंकले घटेर ३८५ दशमवल ७० अंक पुगेको छ ।

परिसूचक २ हजार तल

गत हप्तासम्म २ हजारभन्दा माथि रहेको बजार परिसूचक हप्ताको पहिलो दिन नै २ हजार विन्दुबाट आरोलो लागेको हो । आइतबार कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १९८८ दशमलव २० विन्दुमा पुगेको हो ।

गत आर्थिक वर्षको अन्तिम समयमा २ हजारभन्दा तल झरेको बजार त्यस पछि सुधार हुँदै २ हजारको हाराहारीमै रहेको थियो तर आइतबा पुन २ हजारभन्दा तल झरेको हो ।