नेपाल बैंकबाट आईपीओ भर्दा शुल्क नलाग्ने
वि.सं.२०७९ भदौ १४ मंगलवार १८:४०
shares

काठमाडौैं, १४ भदौ । नेपाल बैंकमा डिम्याट खाता खोलेका लगानीकर्ताहरुले अब आईपीओमा आवेदन दिदा कुनै शुल्क नलाग्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुले शेयर भर्दा तिर्नु पर्ने सिआश्वा रकममा पुरै छुट दिने भएको हो ।
बैंकका अनुसार अवदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्नेछन् । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा दिइरहेको बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।















