केन्या विरुद्धको टि–२० सिरिज नेपाललाई
वि.सं.२०७९ भदौ १४ मंगलवार १९:१६
shares

काठमाडौं, १४ भदौ । केन्या विरुद्धको २० ओभरको सिरिज नेपालले जितेको छ । ५ खेलको रिसिज नेपालले ३–२ ले जित्दै सिरिज कब्जा गरेको हो ।
मंगलबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले घरेलु टोलीलाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो । अन्तिम खेलमा नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो । उसका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । त्यस्तै त्यस्तै शेम न्गोचेले ३३ रनको योगदान दिए । इरफान करिमले २८ र कोलिन्स ओबुयाले २५ रनको योगदान दिए ।
घरेलु टोलीलाई सस्तैमा रोक्नेक्रममा नेपालका कप्तान सन्दीप लामिछाने र वसिर अहमदले २-२ विकेट लिए । त्यस्तै करण केसी, आदिल अन्सारी, र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । यस अघि टस जितर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधीक ५९ रनको योगदान दिए । त्यस्तै उपकप्तान रोहित पौडेलले ४७ रनको पारी खेले । त्यस्तै अर्जुन साउदको ब्याट बाट २९ रन बन्दा दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए ।
सिरिजको पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा भने १८ रनले पराजित भएको थियो । तेस्रो खेलमा ४ विकेटको जित निकालेको नेपालले चौथो खेलमा भने ७ रनको पराजय भोगेको थियो ।















