गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको शेयर मूल्य समायोजन
वि.सं.२०७९ माघ २० शुक्रवार ०८:४५
shares

काठमाडौं, २० माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले फाइनान्सको ६.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात फाइनान्सको शेयरमूल्य ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फाइनान्सको शेयरमूल्य समायोजन गरिएको जनाएको छ । अघिल्लो कारोबार दिन फाइनान्सको शेयर प्रतिकित्ता ३६५ रुपैयाँमा कारोबार भएको हो ।
फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांश प्रस्ताव पारित गर्न फाइनान्सले माघ २७ गते २१ औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक १ जना मनोनयन गर्नेछ ।
















