Dhulikhel Eco Banner new

शेयर बजारमा २ अंकको गिरावट, कारोबार रकम ७३ करोड मात्रै

4.56K
shares

काठमाडौं, १४ वैशाख । शेयर बजारमा बिहीबार २ दशमलव २७ अंकको गिरावट आएको छ । पछिल्लो समय लगातार रुपमा शेयर बजार ओरालो लागेको छ । आज २ अंकले ओरालो लागेको शेयर बजार परिसूचक १८८९ दशमलव ७३ विन्दुमा पुगेको छ ।

बिहीबार २६९ कम्पनीका २१ लाख ७४ हजार ९१४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेस बिहीबार ० दशमलव ४६ अंकले घटेर ३६१ दशमलव ०९ अंकमा झरेको छ ।