शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम ७३ करोड मात्रै
वि.सं.२०८० वैशाख २१ बिहीवार १५:१२
5.04K
shares
shares

काठमाडौं, २१ वैशाख । शेयर बजारमा बिहीबार दोहोरो अंकको सुधार भएको छ । १२ दशमलव ७३ अंकले बढेको शेयर बजार परिसुचक १८६९ दशमलव ७३ विन्दुमा पुगेको छ ।
बिहीबार २७६ कम्पनीका २५ लाख ३३ हजार ७१४ कित्ता शेयर बिक्री हुँदा ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै बिहीबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ०७ अंकले बढेर ३५७ दशमलव ९१ विन्दुमा पुगेको छ ।



















