Dhulikhel Eco Banner new

शेयर बजारमा गिरावट, कारोबार रकम ८२ करोड

3.8K
shares

काठमाडौं, २५ वैशाख । हप्ताको दोस्रो कारोबारको दिन शेयर बजार १६ दशमलव ९३ अंकले ओरालो लागेको छ।

सोमबार शेयर बजार १६ दशमलव ९३ अंकले घटेर १८३३ दशमलव ६९ विन्दुमा पुगेको छ । कारोबार रकम भने आइतबार भन्दा केहि सुधार भएको छ ।  सोमबार २७० कम्पनीका २८ लाख १० हजार ६२७ कित्ता शेयर खरिद बिक्री हुँदा ८२ करोड ४२ लाख १७ हजार ००१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै सोमबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४१ अंकले घटेर ३५२ दशमलव ३७ विन्दुमा पुगेको छ ।