शेयर बजारमा गिरावट, कारोबार रकम ५८ करोड
वि.सं.२०८० वैशाख २७ बुधवार १५:०९
3.64K
shares
shares

काठमाडौं, २७ वैशाख । हप्ताको चौथो कारोबारको दिन कारोबारको दिन शेयर बजार २ दशमलव ४३ अंकले ओरालो लागेको छ।
बुधबार शेयर बजार २ दशमलव ४३ अंकले घटेर १८४१ दशमलव ९३ विन्दुमा पुगेको छ । बुधबार २६५ कम्पनीका १९ लाख ४२ हजार ६२६ कित्ता शेयर खरिद बिक्री हुँदा ५८ करोड ९१ लाख ०७७ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै बुधबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४५ अंकले घटेर ३५३ दशमलव ८० विन्दुमा पुगेको छ ।



















