Dhulikhel Eco Banner new

शेयर बजारमा हरियाली, २१ अंकले बढ्याे नेप्से

9.37K
shares

काठमाडौं, २० कार्तिक । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से अघिल्लो दिनको तुलनामा २१.३० अंक बढेर १८४७ विन्दु कायम भएको छ । कुल १९९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने घटेकाे छ ।

सोमबार कारोबार खुलेदेखि नै बजार बढेको थियाे । साेमबार  ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

साेमबार होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.७३ प्रतिशत बढ्यो । होटलका अतिरिक्त अरु सबै क्षेत्रका उपसमूह बढेका छन् । बैंकिङ ६, विकास बैंक ४२, फाइनान्स १३, होटल तथा पर्यटन १८१, जलविद्युत् २५, जीवन बीमा ११३, उत्पादन तथा प्रशोधन ६६, लघुवित्त ९, निर्जीवन बीमा २२१, अन्य २६ र ब्यापार उपसमूह ६९ अंक बढेकाे छ ।