Dhulikhel Eco Banner new

शेयर बजारमा हरियाली, कारोबार रकम १ अर्ब माथि

4.99K
shares

काठमाडौं, ६ मंसिर । हिजो अर्थात मंगलबार दोहोरो अंकले घटेको शेयर बजारमा आज हरियाली छाएको छ । आज नेप्से परिसूचब २० अंकले बढेको हो । आज २० दशमलव ६१ अंकले बढेको शेयर बजार १८५० दशमलव ३३ विन्दुमा पुगेको छ ।

बुधबार २९४ कम्पनीका ४२ लाख १३ हजार २८५ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो अर्बबाट घटेर करोडमा झरेको कारोबार आज फेरि अर्बमा पुगेको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स बढेको छ । आज २ दशमलव १५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३५४ दशमलव २१ विन्दुमा पुगेको छ ।