Dhulikhel Eco Banner new

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिन छुट्नुभयो कि ?

3.98K
shares

काठमाडौं, १२ मंसिर । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत शुक्रबार सर्वसाधरणका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसबाट कम्पनीले ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।