GBIME

बढ्न सकेन शेयर बजार, कारोबार रकममा पनि गिरावट

828
shares

काठमाडौं, १७ मसिंर । साताको शेयर कारोबारको पहिलो दिन पनि शेयर बजारमा गिरावट आएको छ । आज आइतबार ७ दशमलव २९ अंकले गिरावट आएको शेयर बजार १८५१ दशमलव २३ विन्दुमा पुगेको छ ।

आइतबार २९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर खरिद बिक्री हुँदा ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा भने गत सातामा भन्दा पनि गिरावट आएको छ ।

त्यस्तै आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । आज १ दशमलव ६५ अंकले घटेर सेन्सेटिभ इन्डेक्स ३५४ दशमलव ४३ विन्दुमा पुगेको छ ।