Dhulikhel Eco Banner new

हिजो मात्रै १११ अंकको सुधार आएको शेयर बजारमा आज दोहोरो अंकको गिरावट, कारोबार रकम भने ४ अर्ब माथि

5.9K
shares

काठमाडौं, २५ मंसिर । साताको शेयर कारोबारको दोस्रो दिन आज शेयर बजारमा गिरावट आएको छ । हिजो अर्थात मौद्रिम नितीको समिक्षपछिको पहिलो दिन १११ अंकले बढेको शेयर बजार आज फेरी ओरालो लागेको छ । आज शेयर बजार १५ अंककले ओरालो लागेको हो । आज १५ दशमलव ४० अंकले ओरालो लागेको शेयर बजार १९४८ दशमलव ५७ विन्दुमा पुगेको छ ।

सोमबार ३०३ कम्पनीका १ कारोड ४६ लाख ९८ हजार ५१७ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँ बराबरको कारोबार भएको छ । लामो समयपछि कारोबार रकम बढेर ४ अर्ब पुगेको हो ।

त्यस्तै आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । आज ४ दशमलव ३३ अंकले घटेर सेन्सेटिभ इन्डेक्स ३६९ दशमलव ४१ विन्दुमा पुगेको छ ।