ह्याविट्याट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने
वि.सं.२०८१ भदौ १८ मंगलवार १३:१७
shares

काठमाडौ, १८ भदौ । ह्याविट्याट पावर कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
आफ्नो जारी पुँजी ५५ करोडको २० प्रतिशत अर्थात् १०० अङ्कित दरको ११,००,००० कित्ता शेयर सर्वसाधारणहरूमा जारी गर्न लागिएको कम्पनीले जनाएको छ । त्यसकालागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।









