Dhulikhel Eco Banner new

शेयर बजारमा भारी गिरावट, कारोबार रकम पनि खुम्चियो

2.72K
shares

काठमाडौं, ३१ भदौ । सोमबार शेयर बजारमा उच्च अंकले बढेको छ ।  शेयर बजार ५३.०३ अंकले घटेर २,५८० को विन्दुमा कायम भएको छ । यसदिन १४ कम्पनीको शेयर मूल्य बढेको छ र २२७ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ ।

यसदिन कारोबार रकम अघिल्लो दिनकोे तुलनामा खुम्चिएर ७ अर्ब ३६ करोेड कारोबार भएको हो ।

अधिकांश कम्पनीको घट्दा पनि आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको सर्वाधिक बढेको छ । उक्त कम्पनीको यसदिन १० प्रतिशतका दरले बढेको छ । त्यसैगरि हिमालयन हाईड्रोपावरको ९.९९ प्रतिशतका दरले बढेको छ ।

यसदिन सबैभन्दा धेरै गुडविल फाइनान्सका सर्वाधिक घटेको छ । उक्त कम्पनीको ९।९१ प्रतिशतका दरले घटेको छ ।

सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.५९, विकास बैंक २.७२, फाइनान्स ५.६६, हाइड्रोपावर २.२८, लगानी २.५३, जीवन बीमा १.९१, उत्पादन १.७१, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा १.९१, अन्य २.३३ तथा व्यापार २.७६ प्रतिशत घटेको छ ।