शेयर बजारमा दोहोरो अंकले वृद्धि, निरन्तर खुम्चिदै कारोबार रकम
वि.सं.२०८१ असोज ६ आइतवार १५:०५
shares

काठमाडौं, ६ असोज । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ११.५८ अंकले घटेर २,५८८ को विन्दुमा कायम भएको छ ।
यसदिन १३८ कम्पनीको शेयर मूल्य बढेको छ र ९४ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । कारोबार रकम भने घटेर ५ अर्ब ९ करोडमा झरेको हो ।
यसदिन इष्टर्न हाइड्रोपावर अपर, स्याङ्गे हाइड्रोपावर र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएको छ । यी तिन कम्पनीको १० प्रतिशतको दरले बढेको छ ।
त्यसैगरी रावा उर्जा डेभलबमेन्टको लगानीकर्ताले सर्वाधिक गुमााएका छन् । उक्त कम्पनीको ८.६५ प्रतिशतका दरले घटेको छ ।
बैंकिङ सबैभन्दा धेरै १.०१ विकास बैंक ०.६६, हाइड्रोपावर ०.३१, लगानी ०.६२, जीवन बीमा ०.२४, निर्जीवन बीमा ०.४७, अन्य ०.४१ र व्यापार ०.०७ प्रतिशत बढेको छ । माइक्रोफाइनान्स ०.१८, उत्पादन ०.१९, होटल तथा पर्यटन ०.६१ र फाइनान्स समूह ०.१७ प्रतिशत घटेको छ ।















