असारदेखि हप्तामा ६ दिन शेयर कारोबार हुने
वि.सं.२०७९ जेठ ३० सोमवार १२:५१
shares

काठमाडौं, ३० जेठ । असारदेखि सातामा ६ दिन शेयर बजार खुल्ने भएको छ ।
सरकारले जेठदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दै आइतबार बिदा दिएपछि आइतबार बन्द गर्दै नेप्सेले शुक्रबार कारोबार सुचारु गरेको थियो ।
तर, सरकारले असार १ गतेबाट लागु हुनेगरी सातामा दुई दिन सार्वजनिक बिदाको निर्णय फिर्ता लिँदै आइतबारको बिदा कटौती गरेसँगै नेप्सेले आइतबार र शुक्रबार समेत गरी सातामा ६ दिन शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेप्सेको प्रवक्ता मुराहरी पराजुलीका अनुसार आइतबारदेखि बिहीबारसँग ११ बजेदेखि ३ बजेसमम नियमित ४ घण्टा र प्रि–ओपन सेसनको १५ मिनेट कारोबार हुनेछ ।
यस्तै, शुक्रबार भने प्रि–ओपन सेसनको १५ मिनेट र नियमित सेसनमा भने ११ बजेदेखि १ बजेसम्म २ घण्टा शेयर कारोबार हुनेछ ।















