शेयर बजारमा उच्च अंकले वृद्धि, २३१ कम्पनीको शेयर मूल्य बढ्यो
वि.सं.२०८१ चैत १३ बुधवार १५:०६
3.13K
shares
shares

काठमाडौं, १३ चैत । बुधवार शेयर बजारमा उच्च अंकले बढेको छ । शेयर बजार ४०.४७ अंकले बढेर २,६२३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ४ अर्ब २० करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा राप्ती हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ४.७४ प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा उपकार लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ७.२७ प्रतिशतका दरले गुमाएका छन् ।



















