Dhulikhel Eco Banner new

सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

3.38K
shares

काठमाडौं, १३ चैत । सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले नायव व्यवस्थापक, विभागीय प्रमुख, आन्तरिक लेखा परिक्षण, क्षेत्रीय प्रमुख, शाखा प्रमुख र कनिष्ठ सहायक प्रशिक्षार्थी जस्ता पदका लागि आवेदन आह्वान गरेको हो।

कम्पनीका अनुसार, नायव व्यवस्थापक र विभागीय प्रमुखको लागि १ जना कर्मचारी, क्षेत्रीय प्रमुख र शाखा प्रमुखका लागि केही कर्मचारीको माग गरिएको छ भने कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि पनि केही संख्यामा कर्मचारी आवश्यक छ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय साथै विभिन्न शाखा कार्यालयका लागि कर्मचारी आवश्यकता रहेको जनाएको छ। यस पदहरूको लागि ईच्छुक र योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र आवेदन दिनुपर्नेछ।