कर्णाली प्रदेशमा पुँजी बजार सचेतना, मुख्यमन्त्रीले गरे उद्घाटन
वि.सं.२०७९ असार ४ शनिवार १०:५५
7.35K
shares
shares

काठमाडौं, ४ असार । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पुँजी बजार सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालको आयोजनामा प्रदेश स्तरीय पँजी बजार सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

पुँजी बजारका विविध विषमामा लगानीकर्ताहरुलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेख बहादुर थापाले जानकारी दिए । कार्यक्रमको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले उद्घाटन गरेका छन् ।


















