Dhulikhel Eco Banner new

शेयर बजारमा ३२ अंकको पहिरो, २६०० तल झर्‍यो शेयर बजार

2.61K
shares

काठमाडौं, ८ असार । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ३२.१६ अंकले घटेर २,५९६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब १४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।