दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ असार ८ आइतवार १५:२६
shares

काठमाडौं, ८ असार । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ३२.१६ अंकले घटेर २,५९६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब १४ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा सप्तबोशी विकास बैंकका लगानीकर्ताले ५.६० प्रतिशतका दरले कमाएका छन् भने १० प्रतिशत एनआईसी एशिया डिबेन्चर २०८५र८६का लगानीकर्ताले ५.४५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, गुरास लघुवित्तका लगानीकर्ताले ३.४० प्रतिशतका दरले कमाएका छन् भने सिभिल बैंक ऋणपत्र २०८८ का लगानीकर्ताले २.९३ प्रतिशतका दरले कमाएका छन् ।

















