शेयर बजारमा १९७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ असोज ३० बिहीवार १५:३७
shares

काठमाडौं, ३० असोज । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १८.४० अंकले घटेर २,४८७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब २७ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा समाज लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन युनिक नेपाल लघुवित्तका लगानीकर्ताले ७.३३ प्रतिशतका दरले गुमाएका छन् भने समता घरेलु लघुवित्तका लगानीकर्ताले ६।२५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले ४.८७ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले ४.२१ प्रतिशतका दरले गुमाएका छन् ।

















