Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

2.55K
shares

काठमाडौं, १९ कात्तिक । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १२.१७ अंकले बढेर २,६०७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ६८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा माबीलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, फष्ट माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.४८ प्रतिशतका दरले गुमाएका हुन् ।