शेयर बजारमा ९० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ कात्तिक १९ बुधवार १५:२५
shares

काठमाडौं, १९ कात्तिक । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १२.१७ अंकले बढेर २,६०७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ६८ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा फष्ट माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.४८ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन अभियान लघुवित्तका लगानीकर्ताले ४.६७ प्रतिशतका दरले गुमाएका छन् भने बिन्दवासीनी हाइड्रोपावरका लगानीकर्ताले ४.०८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, ७.२५प्रतिशत एसबिएल ऋणपत्र २०९१का लगानीकर्ताले ३.५१ प्रतिशतका दरले गुमाएका छन् भने सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.२९ प्रतिशतका दरले गुमाएका छन् ।

















