शेयर बजारमा ३ अर्ब ६२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ कात्तिक २५ मंगलवार १५:४०
2.7K
shares
shares

काठमाडौं, २५ कात्तिक । शेयर बजारमा ३ अर्ब ६२ करोडको कारोबार हुँदा साहास ऊर्जाको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन राधी विद्युतको ३२ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ भने एनआरएनको २६ करोड ७६ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी शिवम् सिमेन्टको १६ करोड ५ लाख रुपैयाँ कारोबार भएको छ भने सिनर्जी पावरको ९ करोड ५३ लाख रुपैयाँ कारोबार भएको छ ।

















