सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनी बने मालामाल
वि.सं.२०८२ मंसिर ९ मंगलवार १५:३९
shares

काठमाडौं, ९ मंसिर । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.३२ अंकले बढेर २६५५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब ८२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।
यसदिन सागर डिस्टीलरीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन भने श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन ।
त्यसैगरी स्वस्तिक लघुवित्तका लगानीकर्ताले ८.२३ प्रतिशतका दरले कमाएका छन भने बन्दीपुर केबलकारका लगानीकर्ताले ७.२३ प्रतिशतका दरले कमाएका छन् ।

















