Dhulikhel Eco Banner new

शेयर बजारमा ११९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.65K
shares

काठमाडौं, १६ मंसिर । मंंगलवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ०.५३ अंकले घटेर २६४४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११९ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ४८ करोडको कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा ग्रीन भेन्चर्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ३.८८ प्रतिशतका दरले गुमाएका छन भने एनआइसी एशिया सेलेक्ट फनका लगानीकर्ताले ३.३० प्रतिशतका दरले गुमाएका छन् ।

पोखरा फाइनान्सका लगानीकर्ताले २.५० प्रतिशतका दरले गुमाएका छन भने ग्लोबल आइएमई समुन्नत योजना(२का लगानीकर्ताले २.३३ प्रतिशतका दरले गुमाएका छन् ।