Dhulikhel Eco Banner new

बडा दशैँको दोस्रो दिन मैतिदेवी मन्दिरको रौनक

7.55K
shares

काठमाडौं, ११ असोज । बडा दशैँ दोस्रो दिन पनि विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको भिड लागेको छ । देशका विभिन्न स्थानमा रहेका मठमन्दिरहरु दर्शनार्थिहरुले भरिभराउ रहेका छन् ।

बडा दशैँको दोस्रो दिन काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको मैतिदेवी मन्दिरमा पनि निकै रमाइलो माहोल रेहको छ । मतिदेवी मन्दिर प्रवेश गर्ने स्थानदेखि मैतिदेवी चोक सम्मको सडकै रंगिचंगी बनाइएको छ । यो क्षेत्रका स्थानीय, मन्दिर तथा यो क्षेत्रका जनप्रतिनिधिहरुले समेत यसमा सहयोग रहेको छ ।

भक्तजनको भिड रहेको र सोही अनुसार दर्शन गर्न आउने भक्तजनहरुको लागि सहज व्यवस्था मिलाइएको छ । मन्दिरमा आउनेहरु निकै रमाइलो गरिरहेका छन् । सेल्फी खिच्ने देखि टिकटक बनाउनेहरुको निकै भिड देखिन्छ ।