Dhulikhel Eco Banner new

डोरो बाँध्नेले दक्षिणा घटाए

23.52K
shares

काठमाडौं, १४ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाईने रक्षा बन्धन विहीबार मुलुकभर मनाइएको छ । जनै पूर्णिमा पनि भनिने श्रावण शुक्ल पूर्णिमाममा ब्रम्हण, क्षेत्री समुदायले जनै फेरेर रक्षाबन्धन बाँध्ने चलन छ ।

यो पर्वमा पण्डित, पुरोहितद्धारा हातमा डोरो बाँधेर मन्तरेको जनै फेरेपछि दक्षिणा दिने चलन छ । यसरी दिइने दक्षिणामा आर्थिक मन्दिको प्रभाव परेको डोरो बाँधिदिने पण्डित, पुरोहितको भनाई छ ।
विहानैदेखी काठमाडौं लगायत विभिन्न मन्दिरहरुमा जनै लगाइदिने र लगाउनेहरुको भिड थियो । विभिन्न ठाउँबाट पशुपतिनाथ मन्दिर प्राङगण आएर हातमा जनै र डोरो लिएर भक्तजनको प्रतिक्षामा बसेका केहीलाई हामीले सोध्यौ ? उनीहरुले आर्थिक मन्दिको असर दक्षिणामा पनि परेको बताए ।

केही वर्षदेखी मन्दिर क्षेत्रमा बसेर डोरो बाँधिदिदै गरेकी इश्वरी मिश्रले यसपाली दक्षिणामा पनि आर्थिक मन्दिको प्रभाव परेको बताइन् । डोरो भने गत वर्षकै मूल्यमा पाएकोमा उनी खुसी थिइन् । ‘डोरो बाँधेर आशिर्वाद दिन्छौं, जे जति दिनु हुन्छ त्यसैमा खुसी छु ।’ उनले भनिन् ।

पहिलो पटक पशुपतिनाथ मन्दिर परिसरमा बसेका अर्का पुरोहितले भने कमाई भन्दा पनि इष्टमित्र भेटनका लागि डोरो र जनै लिएर मन्दिर परिसरमा बसेको कुरा गरे । यो क्षेत्रको माहौल देख्दा उनी खुसी थिए ।

लहरै, डोरो, जनै र थालीमा अक्षता लिएर बसेका पण्डित पुरोहितहरु भक्तजनको प्रतिक्षा गरिरहे जस्ता देखिन्थे । अगाडीबाट हिँडेका मान्छेका अनुहारमा हेर्दै बसेकाहरु कोही आफ्नो आउने बित्तिकै दान बध्दु…भन्दै डोरा बाँधेर टिका लगाइदिन्थे । आशिर्वाद दिन्थे । भक्तहरु डोरो बाँधेपछि दक्षिणा दिएर विदावारी हुन्थे ।

बिहान उठ्ने बित्तिकै जजमानको घर घुमेर ११ बजेतीर मात्रै पशुपति क्षेत्र आई पुगेका अर्का एकजना पण्डितले धागोको मुल्य गत वर्षकै दरम पाएकोमा खुसी ब्यक्त गरे । दक्षिणाको बारेमा मुख खोलेनन् ।

पहिलो पटक पशुपति क्षेत्रमा बसेका अर्का एकजना पुरोहितले रक्षाबन्धन ऋषिमुनीहरुकै पालामा सुरु भएको जानकारी दिए । अहिलेको विज्ञानको सुत्र नै ऋषिमुनीहरुले पत्ता लगाएको भन्दै उनले यो ब्राम्हणले गर्ने पर्ने काम भएको बताए ।

उनले जनै पूर्णिमा ब्राम्हणहरुको ठूलो पर्व भएको भन्दै पैसा कमाउन भन्दा पनि इष्टमित्र भेटघाटका लागि आएको धारणा राखे ।

हिन्दु सनातनी तागाधारीहरुका लागि रक्षा बन्धन महत्पूर्ण पर्व भएको पशुक्षेत्रमा भेटिएको अर्का पण्डितको भनाई थियो ।

केटाकेटी इङ्लिस स्कुलमा पढ्दै गरेकी सानी बालिका सुजाता अधिकारीले गत वर्षको तुलनामा यस वर्ष डोरो बाँध्नेहरु घटेको बताइन् ।

फोटो , भिडियाे : उज्जल पाैडेल