दरबार हत्या भएको २१ वर्षदेखि केश मुण्डन गराउँदै पत्रकार राई
वि.सं.२०७९ जेठ २१ शनिवार १५:४२
shares

सुनसरी, जेठ २१ । पत्रकार हिमाल राईले राजदरबार हत्या भएको २१ वर्षदेखि केश मुण्डन गराउदै आईरहेका छन् । राईले प्रत्यक वर्ष जेठ १९ गते दरवार हत्याकाण्ड भएका दिन अफ्नो केश मुण्डन गर्ने गरेका छन् ।
राई सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका– २ वयरवन बस्छन् । उनी तिन दशक देखि पत्रकारिता गर्दै आएका छन् ।
तत्कालीन राजा विरेन्द्रको परिवारका सदस्य प्रति श्रद्धाञ्जली अर्पण गर्दै धेरैले केश मुण्डन गराएका थिए। तर निरन्तर केश मुण्डन गर्ने आफु मात्र रहेको राईको दावी छ ।
इतिहास सम्पदा रहेको र राजसंस्थाको ऐतिहासिक गरिमालाई भुल्नु नहुनने राईको तर्क छ ।















