ढकाल रास्वपाको महामन्त्री र प्रवक्ताबाट बर्खास्त, साधारण सदस्यता भने कायम
वि.सं.२०८१ असार २५ मंगलवार १३:४०
3.77K
shares
shares

काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्री र प्रवक्ता पदबाट बर्खास्त गरेको छ। यद्यपि साधारणसदस्यता भने कायम कायम राखेको छ।
ढकालको विषयमा निर्णय गर्न बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनको जिम्मेवारीबाट हटाउने निर्णय गरेको बैठकपछि सहप्रवक्ता रमेश खरेलले बताए।
यसअघि पार्टीको अनुशासन आयोगले ढकाललाई साधारण सदस्यबाटै बर्खास्त गर्न सिफारिस गरेको थियो।



















