Dhulikhel Eco Banner new

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

975
shares

काठमाडौं, १५ कार्तिक। प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व ‘हालोविन’ लाई लक्षित गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ दोस्रो संस्करण गत शुक्रबारदेखि जारी छ ।

हरर विधामा रहेर तयार गरिएका फिल्मलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत फिल्म निर्माणको विकासलाई प्रोत्साहन गर्ने लक्ष्यसहित महोत्सवको आयोजना गरिएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए ।

‘नेपालमा हरर विधाका दर्शक छन्, तर यस विधालाई निर्देशकले आफ्नो रूचीमा कमै राखेको पाइन्छ । यस्ता विधाका दर्शकको मनोविज्ञान, रूचीलाई बुझ्न यस्ता महोत्सव प्रभाकारी हुने भएर हामीले यसको सुरुआत गत वर्षदेखि गरेका हौँ । दर्शक सहभागिता बढ्दो छ’, अध्यक्ष पाठकले भने ।

लेबनानी निर्देशक नादिम ताबेत निर्देशित फिल्म ‘इन दिस डार्कनेस आई सी यू’ प्रदर्शनसँगै सुरू भएको महोत्सवमा नेपालसहित विश्वका विभिन्न देशका हरर तथा अन्य विधागत फिल्म प्रदर्शन भइरहेको छ ।

अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन, दर्शक सहभागिता र सांस्कृतिक आदानप्रदानमार्फत नेपालमा विधागत फिल्मको उपस्थिति बलियो बनाउँदै फिल्मकर्मी तथा दर्शकका लागि नयाँ अवसर सिर्जना गर्ने उद्देश्य महोत्सवले राखेको आयोजकले जनाएको छ । तीन दिने महोत्सव आज ९कात्तिक १५० गते औपचारिक कार्यक्रम गरेर बेलुकी समापन गरिने छ ।