एथर अपग्रेड फेस्टिभल सुरु हुँदै: अब एथरको नयाँ स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म क्यासब्याक
वि.सं.२०८३ कात्तिक १५ आइतवार १२:२६
shares

काठमाडौं, १५ कार्तिक। नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि.ले विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ आयोजना गर्ने भएको छ। कम्पनीले कात्तिक १५ देखि २२ गतेसम्म देशभर सञ्चालन गर्ने उक्त अभियानअन्तर्गत एथरका नयाँ विद्युतीय स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म क्यासब्याक उपलब्ध गराउने घोषणा गरेको छ।
आठ दिनसम्म सञ्चालन हुने यस अभियानले ग्राहकलाई आफ्नो पुरानो सवारी साधन अपग्रेड गरी आधुनिक प्रविधियुक्त विद्युतीय स्कुटर प्रयोग गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
चाडपर्वको अवसरलाई लक्षित गरी ल्याइएको यस योजनामार्फत ग्राहकले सीमित अवधिका लागि विशेष खरिद सुविधाको लाभ लिन सक्नेछन्। कम्पनीका अनुसार एथरका स्कुटर आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता, सहजता र आरामदायी यात्राका लागि परिचित छन्।
एथरका स्कुटरमा गुगल म्याप्स नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, क्रुज कन्ट्रोल र म्याजिक ट्विस्टलगायतका फिचर उपलब्ध छन्। साथै, लागू हुने वारेन्टीका सर्तअनुसार ब्याट्रीमा आठ वर्षसम्मको वारेन्टी सुविधा पनि रहेको कम्पनीले जनाएको छ।
देशभरका १७ स्थानबाट सेवा
एथर अपग्रेड फेस्टिभल देशभरका सहभागी एथर एक्सपिरियन्स सेन्टरमा सञ्चालन हुनेछ। काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रमुख सहरमा रहेका सेन्टरमार्फत ग्राहकले स्कुटरका मोडेल, विशेषता तथा उपलब्ध अफरबारे जानकारी लिन सक्नेछन्।
कम्पनीका अनुसार नक्साल, भक्तपुर, टेकु, झम्सिखेल, बौद्ध, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगञ्ज, धरान, विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीमा रहेका एक्सपिरियन्स सेन्टरबाट ग्राहकले अभियानमा सहभागिता जनाउन सक्नेछन्।
आठ दिनका लागि विशेष अफर
कम्पनीले एथर अपग्रेड फेस्टिभललाई विद्युतीय सवारी प्रविधिको अनुभव लिन र विशेष खरिद सुविधाको लाभ उठाउन चाहने ग्राहकका लागि अवसरका रूपमा प्रस्तुत गरेको छ।
कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने अभियानमा सहभागी भई ग्राहकले आफूले खरिद गर्न चाहेको मोडेल तथा प्राप्त गर्न सक्ने अपग्रेड सुविधाबारे नजिकको एथर एक्सपिरियन्स सेन्टरमा जानकारी लिन सक्नेछन्।
क्यासब्याक तथा अन्य सुविधाका लागि लागू हुने नियम र सर्तहरू पालना गर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ।
वैद्य इनर्जी प्रा. लि. नेपालमा एथर इनर्जीको आधिकारिक वितरक हो। कम्पनीले नवीनतम प्रविधिमा आधारित विद्युतीय सवारी साधन तथा दिगो विद्युतीय यातायातका समाधान उपलब्ध गराउँदै आएको छ। देशभर विस्तार हुँदै गएको एक्सपिरियन्स सेन्टर, सर्भिस सेन्टर तथा चार्जिङ पूर्वाधारको सञ्जालमार्फत कम्पनीले विश्वसनीय, सहज र प्रविधिमैत्री विद्युतीय सवारी अनुभव प्रदान गर्दै आएको जनाएको छ।



















