Dhulikhel Eco Banner new

जैविक मल उत्पादन गर्न भैँसीपालन

4.6K
shares

काठमाडौं, ६ साउन । जैविक मल उत्पादन गर्न बुद्धशान्ति गाउँपालिका–३ मा स्थापना गरेको अङ्कुरण एग्रोले भैँसीपालनको तयारी गरेको छ। जिल्लामा जैविक तरकारीखेती गर्ने किसानको सङ्ख्या बढ्नका साथै चिया बगानमा जैविक मल प्रयोग पनि थालिएको छ।

मलको पर्याप्त व्यवस्था गर्न भैँसीपालन गरिने अङ्कुरण एग्रोका सञ्चालक विनोद मोक्तानले जानकारी दिए।

प्राङ्गरिक मल बनाउन गोबर नभई हुँदैन’, उनले भने, ‘भैँसीको मलमूत्र दुवै उपयोगी हुन्। गत वर्ष नै उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माण गरिएको थियो,’ उनले भने।

सञ्चालक मोक्तानले दुई महिनाभित्रमा प्राङ्गरिक जैविक मल उद्योग सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा गरेको बताए। रासस