‘सामाजिक उत्तरदायित्वलाई बहन गरेर अगाडि बढ्छौँ’
वि.सं.२०७९ जेठ २२ आइतवार १९:४५
shares

काठमाडौं, २२ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर २१ मा स्थापना भएको वेलकम बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक उत्तरदायित्वलाई महत्व दिएर अगाडि बढ्ने बताएको छ । संस्थाले नाफा कमाउने मात्रैभन्दा पनि सामाजिक उत्तरदायित्वलाई महत्व दिने संस्थाका सचिब चन्द्र बहादुर लामिछानले बताएका छन् ।
आर्थिक कारोबार गर्ने संस्था भए पनि समाजमा रहेका जेष्ठ नागरिक तथा बालबालिकाका क्षेत्रमा पनि सहकारीले विभिन्न कार्यक्रम गर्ने उनले बताएका छन् । जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणदेखि बालबालिकालाई छात्रवृत्तिसम्मको कार्यक्रम गरिने सचिव लामिछानेले बताए ।

शनिबार काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेको संस्थाले समाजप्रति उत्तरदायित्व बहन गर्ने काम गर्ने सचिब लामिछानेले बताए । समाजका प्रतिष्ठित व्यक्तिहरुको सहभागितामा स्थापित भएको सहकारीले छिट्टै आफ्नो प्रभाव देखाउने उनको भनाई छ ।

सहकारीको अध्यक्षमा लामो समयदेखि सहकारी क्षेत्रमा लागेका श्याम महर्जन रहेका छन् । त्यस्तै उपाध्यक्षमा बिक्रम खत्री र सचिवमा चन्द्र बहादुर लामिछाने रहेका छन् । त्यस्तै कोषाध्यक्षमा निरा शाक्य चयन हुँदा सदस्यमा राजकुमार केसी, सुरज राजभण्डारी, प्रगती श्रेष्ठ रहेका छन् ।

सहकारीको सल्लाहाकारमा काठमाडौंका निवर्तमान मेयर विद्यासुन्दर शाक्य, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की पनि सल्लाहाकार रहेका छन् ।

९ सदस्यीय सल्लाहाकार समितिका अन्य सदस्यहरुमा नेपाल व्यापार संघका उपाध्यक्ष हरि कुमार गौतम, प्रमोद चौधरी, सुरेश रत्न शाक्य, दिपेन्द्र शाक्य, ठूलो राजा शाक्य, अष्टनारायण महर्जन र दुर्गा बहादुर गौतम रहेका छन् । त्यस्तै कानुनी सल्लाहाकारमा सरस्वती शाहा रहेका छन् ।


त्यस्तै लेखा संयोजकमा सौरम भारद्धाज रहेका छन् । लेखा समिति सदस्यमा क्यारोन महर्जन र मनोज भेटवाल रहेका छन् । संस्थाको प्रबन्धकमा सुदिप महर्जन रहेका छन् । कर्जा प्रमुखमा कुसुम महर्जन रहेकी छिन् । तीन सदस्यीय संस्थाको ऋण उपसमितिको संयोजकमा निरा शाक्य रहँदा सदस्यमा बिनु श्रेष्ठ र सरस्वती शाह रहेकि छिन् ।

















