आइसीसीको प्रतियोगितामा सिमित भारत र पाकिस्तान क्रिकेट
वि.सं.२०७९ भदौ १२ आइतवार ११:४७
shares

काठमाडौं, १२ भदौ । पछिल्लो समय भारत र पाकिस्तान बीचको क्रिकेट लेख हेर्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को प्रतियोगिता नै कुर्नु पर्ने अवस्था सिर्जना भएको छ । भारत र पाकिस्तान बीचको राजनीतिक द्धन्द्धको मारमा क्रिकेट पनि परेको छ । यी दुई टोलीले एक आवसमा कुनै पनि सिरिज नखेलेको निकै लामो समय भइसकेको छ ।
पछिल्लो भेट यी दुई टोली बीच विश्वक क्रिकेट प्रतियोगिता २०१९ मा भएको थियो । जहाँ भारतलाई पाकिस्तानले नराम्रोसँग पराजित गरेको थियो । त्योभन्दा पहिले भारतलाई विश्वकपमा पराजित गर्न नसकेको पाकिस्तालने त्यतिखेर पराजित हुँदै आएको इतिहासमा ब्रेक लगाएको थियो । त्यस पछि यी दुई टोली बीच पहिलो पटक एशिया कपमा प्रतिपस्र्धा हुन लागेको हो । जसलाई निकै महत्वका साथ हेरिएको छ ।
भारतमा पाकिस्तानसँग हार्नु भनेको सबै सकियो भन्ने जस्तै गरि व्यवहार गरिन्छ । यतिसम्म कि क्रिकेट खेलाडीका घरहरु समेत तोडफोड समेत गर्ने गरेका छन् । यी दुई टोली बीचको खेललाई प्रतिष्ठाको लडाईको रुपमा नै हेरिन्छ ।
एशिया कपमा भारत विश्वकमा भोगेको पराजयको बदला लिने दाउमा रहेको छ भने पाकिस्तान पनि विश्वकको नतिजालाई निरन्तर्ता दिन चाहान्छ । विश्व क्रिकेटका दुई चिरप्रतिद्धन्द्धी भारत र पाकिस्तान विरुद्धको बहुप्रतिक्षित खेल आज हुँदै छ । दुवैइमा हिजोदेखि सुरु भएको टि–२० एशिया कपमा आज भारत र पाकिस्तान बीच प्रतिपस्र्धा हुने भएको हो । खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुने छ ।
भारतले यो प्रतियोगिताको उपाधि सर्वाधिक ७ पटक जितेको छ । त्यस्तै पाकिस्तानले पनि २ पटक उपाधि उचालेको छ । राजनीतिका कारण चिसिएको दुई देश बीचको सम्बन्धको प्रभाव क्रिकेटमा पनि परेको छ । जसका कारण यी दुई देश बीचको खेल हेर्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आयोजना गरेको प्रतियोगिता पर्खनु पर्ने बाध्यता रहेको छ ।
सन् २०१९ मा भएको विश्वकपमा यी दुई टोली एक आपसमा भिडेका थिए । जहाँ पाकिस्तानले भारतलाई पराजित गर्दै विश्वकमा भारतलाई हराउन नसकेको इतिहास तोडेको थियो । एशिया कपको समूह ‘ए’ मा रहेका उपाधीका दावेदार यी दुई टोली बीचको खेललाई फाइलनका रुपमा हेरिएको छ । एकै समूहमा रहेको भए पनि फाइनल पनि यी दुई टोलीले नै खेल्ने सम्भावना रहेको क्रिकेट विश्लेशकहरुले बताउँदै आएका छन् ।
भारतीय कप्तान रोहीत शर्माका लागि यो प्रतियोगिता कप्तानका रुपमा पहिलो प्रतियोगिता हुने छ । निकै लामो समयदेखि उत्कृष्ट लयमा रहको पाकिस्तान विरुद्ध भारतीय टोली निकै बदाबमा खेल्ने गर्छ । उसका पूर्व कप्तान तथा विश्व क्रिकेटमा लामो समयदेखि प्रभुत्व जमाएका विराट कोहोलीको खराब लय पनि भारतका लागि थप चिन्ताको विषय बनेको छ ।
उनलाई टोलीमा नराख्दा पनि प्रशिक्षक राहुल द्रवीड माथि दबाब हुने छ भने उनको कमजोर प्रदर्शनले पनि भारतलाई थप दबाब नै हुने छ । पाकिस्तानका कप्तान बाबर अजाम लगायत खेलाडी निकै उत्कृष्ट लयमा रहेका छन् । उनीहरको प्रदर्शन नै पाकिस्तानको जितका लागि मुख्य हतियार बन्ने पक्का छ । बलिङ र ब्याटिङ दुवैमा निकै उत्कृष्ट रहेको पाकिस्तानले भारतलाई हराउने आंकलन गरिएको छ ।
तर क्रिकेटमा यसै भन्न सकिने अवस्था कहिले पनि हुँदैन् । बलिङमा केही कमजोर भए पनि ब्याटिङमा भारत एक जना खेलाडीमा मात्रै निर्भर नरहेको भारतीय प्रशिक्षक द्रवीडले बताउँदै आएका छन् । २० ओभरको खेलमा त एक खेलाडीको प्रदर्शनले नै नतिजामा फरक पार्न सक्छ ।
कप्तान रोहीत एक्लै पनि टोलीलाई जित दिलाउन सक्ने खेलाडीका रुपमा रहन्छन् । उनी एकदिवसिए क्रिकेटमा तीन वटा तेहेरो शतक बनाउने एक्ला खेलाडी हुन् । उनी जुन सुकै अवस्थामा पनि खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्दछन् ।
भारतले ती विकेट किपलाई खेलाउने सम्भावना
भारतीय टोलीमा अहिले तीन जना विकेट किपर रहेका छन् । उनीहरुको प्रदर्शनलाई हेर्दा किपरका रुपमा कसलाई खेलाउने भन्ने विषयमा प्रशिक्षक र कप्तानलाई दबाब पर्ने देखिन्छ । टोलीमा रहेका सबै विकेट किपरले पछिल्लो समय निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।
भातरमा एकभन्दा बढी विकेट किपर खेलाएको इतिहास विरलै देखिन्छ । तर अहिले टोलीमा रहेका तीनै जानको प्रर्दशन हेर्दा उनीहरु तीनै जना अन्तिम ११ मा पर्ने सम्भावना रहेको छ । पूर्व कप्तान महेन्द्रसिंह धोनीको स्थान स्थायी रुपमा अहिले कसैले पनि लिन सकेको छैनन् ।
अहिले टोलीमा लोकेश राहुल, ऋषब पन्त र दिनेश कात्तिक रहेका छन् । उनीहरु तीनै जानको प्रदर्शन निकै राम्रो रहेको छ । लोकेश र ऋषब ओपनरका रुपमा समेत खेल्न सक्छन् । त्यस्तै दिनेश कात्तिकले टेष्ट क्रिकेटमा आपन गरेका छन् । तर अहिले टि–२० मा कात्तिक फिनिसरका रुपमा स्थापित भइरहका छन् ।
यसरी हेर्दा किपरका रुपमा ऋषव पन्त र लोकेश ओपनरका रुपमा र कात्तिकलाई फिनिसरका रुपमा खेलाउने सम्भावना पनि रहेको छ ।
चार जना शतक धारी
क्रिकेटको कान्छो संस्करण टि–२० मा शतक प्रहार गर्नु भनेको निकै ठूलो उपलब्धी हो । तर कान्छो संस्करणका रुपमा सञ्चालन हुने एशिया कपको भारतीय टोलीमा ४ जना खेलाडी टि–२० मा शतक प्रहार गरेका छन् । कप्तान रोहीत शर्मा, उपकप्तान लोकेश राहुल, अलराउण्डर दीपक हुडा र सूर्य कुमार यादवले शतक बनाइ सकेका छन् । उनीहरु सबै अहिले भारतीय टोलीमा रहेका छन् ।
कप्तान शर्माले ४, उपकप्तान लोकेशले २ र हुडा र यादवले एक–एक शतक प्रहार गरेका छन् ।पाकिस्तानको टोलीमा पनि टि–२० मा शतक प्रहार गर्ने दुई खेलाडी रहेका छन् । कप्तान बाबर अजाम र विकेट किपर मोहमद रिजवाले यो फरम्याटमा शतक प्रहार गरेका छन् ।

















